काभ्रे,
काभ्रे–काठमाडौँ रुट भई सचालन हुने बसका १३ जना चालक तथा ८ जना सहचालक सम्मानित भएका छन् । आज फागु पूर्णिमाको अवसर पारी मजदुर संगठनहरुले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट चालक, सह चालक र ज्येष्ठ यातायात मजदुरहरू सम्मानित भएका हुन् । सम्मानित हुनेहरु मध्ये पनौती नगरपालिकामा दुई र धुलिखेल नगरपालिकामा दुई दुई जना गरी चार जना ज्येष्ठ यातायात मजदुर रहेका छन् । नगद, दोसल्ला, चाँदीको तक्मा सहित यातायात मजदुरहरूलाई सम्मानित गरिएको हो ।
यस अघि २३ जना चालक नगद १ लाख सहित सम्मानित भइसकेका छन् । दुर्घटना नगराउने, अनुशासित, संगठनमा निरन्तर सक्रिय र क्रियाशील मजदुरहरूलाई थप प्रेरणा र हौसला प्रदान गर्ने उद्देश्यले चालक तथा सहचालक सम्मान गरिएको संगठनका अध्यक्षहरुले बताएका छन् ।