रोशी सहकर्मी–फागुन ५,
२०७६,काभ्रे/

गत माघ २९ गते विहान ८ बजे जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ बन्देउ सडकमा मृत अवस्थामा फेला परेका सन्तबहादुर तामाङको सवारी दुर्घटनामा मृत्यु भएको पुष्टी भएको छ ।
नयाँगाउँ–अनैकोट–बनेपा जाने सडकमा तामाङलाई ठक्कर दिई मृत बनाएर फरार रहेका चालक मण्डनदेउपुर नगरपालिका वडा नं. ३ वल्देउ बस्ने ४० बर्षीय बिनोद भनिने नेत्रप्रसाद बजगाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकका भाई रोहित तामाङले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार बिक्रम थापाको नेतृत्वमा अनुसन्धान टोली गठन भएको थियो । डीएसपी थापाको टोलीले करिब एक हप्तापपछि बजागाईलाई पक्राउ गरेको होे । बजागाईले चलाएको बा ४ ख ६ नम्बरको निसान मिनिट्रकले माघ २८ गते राती मण्डनदेउपुर नगपालिका वडा न ३ वल्देउ टोलमा सोही स्थानका २९ बर्षीय सन्तबहादुर तामाङलाई ठक्कर दिएर फरार रहेको थियो । ट्रकको ठक्करबाट तामाङको घट्नास्थल मै मृत्यु भएको थियो ।
डीसपी थापाले अनुसन्धान पश्चात जिल्ला अदालतमा बजागाईलाई बुझाएको जानकारी दिएका छन् ।

Facebook Comments