पुस १४,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ४ मा रहेको थानापती सिल्देउ ठाकुर मन्दिरमा हरेक वर्षको मंसिर पुर्णिमामा झैँ यस वर्ष पनि पुजा गरिएको छ । स्थानियका अनुसार करीब ६ सय वर्ष अघि देखिको उक्त मन्दिर पुर्खाले मान्दै आएको र अहिले पनि मान्ने गरेका छन् । थानापती सिल्देउ ठाकुर नामक उक्त मन्दिरमा प्रत्येक वर्षको मंसिर पुर्णिमामा मेला लाग्ने गर्छ ।

रोशी गाउँपालिका वडा नं ४ मा रहेको यस मन्दिरमा साविकको वडा नं ४, ५, ६, ७ र ८ ले पुजा लागउँछन् । मगर जातीको वसोवास रहेको यस क्षेत्रमा समुह अनुसार उक्त मन्दिरमा पुजा गर्ने पुजारी भने फरक रहेको स्थानिय दावा तामाङले जानकारी दिए । उनका अनुसार पुजारी पदम बहादुर थापा मगर, भुपाल बहादुर थापा, राम बहादुर राणा मगर, खड्ग बहादुर राणा मगरले आआफ्नो समुहको पुजा गर्ने गर्छन् । उक्त मन्दिरमा महिला जानै नहुने स्थानिय बताउँछन् । मन्दिरको वार्षिक पुजामा भोग दिएको कुखुरा, बोका आदि घर लैजान नहुने, यदि लगेमा अनिष्ठ हुने जनमानसमा विश्वास रहेको छ ।

हाल स्थानियहरुले उक्त स्थानमा सानो बासस्थान बनाएका छन् । गाउँपालिकाले मन्दिरको निमित्त पुर्वाधार साथै आवश्यक पानीको व्यवस्था गरे ठुलो सहयोग पुग्ने स्थानियको भनाई ।

Facebook Comments