रोशी सहकर्मी–फागुन ६,
२०७६,तेमाल/

तेमाल गाँउपालिका वडा नं. ७ चापाखोरीमा भएको निःशुल्क आँखा शिविमा २१ जना मोतियाबिन्दुका बिरामीको सल्यक्रिया गरिएको छ । समुदायमा आधारित स्वास्थ्य परियोजना अन्तर्गत संरक्षण तथा विकास संस्था (सी.डि.ओ नेपाल) को आयोजना र मेरिनोल फादर्श एण्ड ब्रदर्श यु.एस.ए. कन्ट्रि अफिस नेपालको सहयोग रहेको शिविरमा २३१ जनाले आँखा सम्बन्धि उपचार गराएका छन् ।
त्यस्तै ८५ जनामा नजिक रहेको अक्षर पढ्न सक्ने (च्भबमष्लन न्बिकक) चस्मा वितरण गरिएको प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिएका छन् । शिविरमा आँखा सम्बन्धि विभिन्न उपचार निःशुल्क रुपमा गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा गाउँपलिका अधिकृत बसन्त के.सी., स्वास्थ्य ईन्चार्ज शिबहरी पाठक, वडा नं ७ का स्वास्थ्य ईन्चार्ज विरेन्द्र कुमार शाहि, वडा सदस्य भिम लाल लामा लगायतको उपस्थिति रहेको सहकर्मी शंख दोङले जानकारी दिए ।

Facebook Comments Box