काभ्रे,
रोशी गाउँपालिका वडा न. १० वाल्टिङमा १ दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरबाट १६२ जनानागरिकहरु प्रत्यक्ष लाभान्वित भएको आयुर्वेद स्वास्थ्य शाखा प्रमुख सविता गौतमले जानकारी दिनुभयो ।
शिविरमा रोगको प्रकृति अनुसार निःशुल्क रुपमा आवश्यक आयुर्वेद औषधी पनि वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यमा भएको शिविरमा वडा अध्यक्ष विकेन लामा लगायतको उपस्थिति रहेको शाखा प्रमुख सविता गौतमले जानकारी दिनुभयो ।