काभ्रे,
विषालु च्याउ खाँदा डोटीमा एकै गाउँका ११ जना बिरामी परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन् । हिजो साँझ जङ्गली च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार विषालु च्याउ खाएर विरामी भएका सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेका छ ।