काभ्रे,
बेथानचोक गाउँपालिकामा बँदेललाई राखिएको विद्युतिय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–४ स्थित राईडाँडाकी ६५ वर्षी मैना कोइरालाको हिजो २२० भोल्टको करेन्ट लागेर मृत्यु भएको हो । मकैबारीमा बदेलको आतँक बढेपछि जँगली जनावरको आतँक कम गर्न सो स्थानमा २२० भोल्टको लाईनमा हुक लगाई बारीको बारमा नाङ्गो तार टाँगेर राखिएको थियो । काम गर्ने क्रममा झुक्किएर सोही तार छुन पुग्दा कोइरालालाई करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी खोपासीबाट प्र.स.नि. निल कुमार स्याङ्तानको कमाण्डमा प्रहरीहरु घटनास्थलमा खटिएका थिए ।