रोशी सहकर्मी–फागुन ७,
२०७६,काभ्रे/

७० औँ प्रजातन्त्र दिवसको अवसरमा काभे्रका १३ वटै स्थानीय तहमा विविध कार्यक्रमका साथ मनाइएको छ । प्रभातफेरी, अन्र्तक्रिया, खेलकुद लगायतका कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइएको छ ।
दिवस कै अवसरमा आज धुलिखेलमा प्रजातन्त्र दिवस जिल्ला स्तरीय समारोह समितिले प्रभातफेरी तथा अन्र्तक्रिया कार्यक्रम गरेर मनाएको छ । धुलिखेलको सरस्वती बजारबाट सुरु भएको ¥यालीले धुलिखेलका बजार परिक्रममा गरेका थियो । प्रभातफेरी पश्चात भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाली काँगे्रसका उपसभापति अच्यूतप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला निर्वाचन कार्यालयका निवाृचन अधिकृत उमेश राई लगायतले मन्तव्य राखेका थिए । आजै चौथो निर्वाचन दिवस पनि मनाइएको छ ।

Facebook Comments