फागुन ५,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका वडा नं. ४ मा चट्याङ लागेर पञ्चमान जिम्बाको मृत्यु भएको छ ।

बुधबार सिमसिमे वर्षा सँगै परेको चट्याङका कारण साबिक डाँडागाउँ गाविस हाल खानीखोला गाउँपालिका ४ पथरचोकका पञ्चमान जिम्बाको मृत्यु भएको हो ।

स्थानियका अनुसार आज साँझ ५ बजेतिर चट्याङ लागेर उनको निधन भएको हो । उनको शरीरमा भने कुनै चोटपटक देखिएको छैन ।

जिम्बा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका सभापति एवं नेपाली कांग्रेसका क्रियशिल सदस्य रहेका थिए । उनलाई नेपाली कांग्रेसका उच्च पदस्थ व्यक्तिहरुले सामाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Facebook Comments Box