रोशी सहकर्मी–फागुन १०,
२०७६,काभ्रे/

नमोबुद्ध नगरपालिका भित्र रहेका माध्यमिक तथा आधारभूत बिद्यालय बीच राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज (शनिबार) बाट सुरु भएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजालले प्रतियोगिताको उद्घाटन गरेका थिए । १२ वटा बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा छात्र र छात्राहरुको प्रतिस्पर्धा हुने प्रमुख रिजालले जानकारी दिए । दौड, एथलेटिक्स, भलिवल र कवर्डी जस्ता खेलमा प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन् । सोमबार सम्पन्न हुने प्रतियोगितामा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजाल, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न विध्यालयका शिक्षक प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

Facebook Comments