रोशी सहकर्मी–फागुन ११,
२०७६,कटुञ्जे/

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले भोली (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार विहान हृदयघातका कारण वडा सदस्य विनोद कुमार मगरको निधन भएपछि गाउँपालिका प्रति पुर्याएकोे योगदानलाई उच्च मूल्यांकन गर्दै एक दिन विदा दिने निर्णय गरिएको गाँउपालिका अध्यक्ष दल बहादुर (डि.बी.) लामाले बताए ।
६६ वर्षीय मगर हृदयघात हुनेवित्तिकै धुलिखेल अस्तपतालमा उपचारको लागि ल्याएकामा अस्पतालले मृत घोषणा गरेको थियो । मगर स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा सदस्य पदमा विजयी भएका थिए । मगरको शवलाई पशुपति आर्यघाटमा दहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । मगरको निधनले रोशी गाउँपालिकालाई अपुरणीय क्षति पुगेको गाउँपालिका अध्यक्ष लामाले बताए ।

Facebook Comments