रोशी सहकर्मी–फागुन १५,
२०७६, काल्धार(तेमाल)/

तेमाल गााउपालिका वडा नं ७ काल्दारमा रहेको गुप्तेश्वरी महादेव मन्दिर जाने बाटो नेपाली सेनाले बनाउन सुरु गरेको छ । बिष्णु दल गण धुलिखेलको टोलीले करीब डेढ महिनामा सकाउने लक्ष्य सहित उक्त मन्दिरमा जाने बाटोे निर्माण आज (बिहिबार) बाट सुरु गरेको हो । बाटोको आज एक कार्यक्रमका बिच प्रमुख अतिथि प्रमुख सेनानी सुवास खड्का र वडा अध्यक्ष ज्ञान बहादुर तामाङले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख सेनानी खड्काले विकाश निर्माणको काममा सधै सेनाले साथ दिँदै आएको बताए । जुनै पनि परिस्थतिमा नेपाली सेनाले सहयोग गरेको कुरा स्मरण गराँउदै बाटो निर्माणमा स्थानीयको पनि साथ र सहयोगको अपेक्षा गरेका छौँ भने । साथै उनले धुलिखेल पछि आफ्नो परिचय बोक्ने ठाउँ तेमाल भएको बताउँदै सहयोग गर्न पाउँदा खुसी लागेको सुनाए । वि.सं. १८०३ मा बलभद्र कुँवर, रामकृष्ण कुवरको टोलीले तेमाललाई दिएको इतिहास स्मरण गर्दै गुप्तेश्वरीलाई धुलिखेलसम्मा जोड्न पाएमा खुसी हुने र तेमाल भनेर देश भर प्रचार गर्न सकिने बताए ।
त्यस्तै तेमाल गाँउपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङले बाटो निर्माणमा सहयोग पर्याउने नेपाली सेनालाई धन्यवाद दिँदै खुसी व्यक्त गरे । भिजिट नेपाल २०२० लाई सार्थक बनाउन र पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले मन्दिर जाने बाटो निर्माण गर्न लागिएको बताए । करीब डेढ वर्ष लामो प्रयास पछि नेपाली सेनाले सहयोग गरेको बताँउदै आगामी दिनमा सकारात्मक बिकासमा निरन्तर लागी परिरहने प्रतिवद्धता पनि व्यक्त गरे । प्रचार प्रसार गर्न सके हलेसीमा रहेको महादेवको मन्दिर भन्दा कम नरहेको भन्दै तामाङले गाउँमा गुम्बा र गुरु रेम्पोर्छेकोको प्रतिमा बनाउन पनि आफु लागी परेको सुनाए ।
जिल्ला सदरमुकाम धुलिखेलदेखि ४० कि.मी टाढा पर्नेे बिपी राजमार्गबाट ३ कि मी माथी ऐतिहासिक महत्व बोकेको गुप्तेश्वारी महादेव मन्दिर रहेको छ । झरना सहित पहरा भित्र रहेको यस मन्दिर काभ्रेकै नमुना बनाउन लागी परेको तामाङले बताए ।

नेपाली सेनाको कल्याणकोषबाट आर्थिक सहयोग रहने १६ सय मिटर लामो पदमार्ग निर्माणका लागि करीब २५ लाख निर्माण सामग्री खर्च लाग्ने र सम्पुर्ण काम सकिदा लगभग १ करोड रुपौँया लागत लाग्ने अनुमान गरिएको छ । प्रमुख सेनानी सुवास खड्का को नेतृत्वमा रहेका ४० जना नेपाली सेनाले करीब २ महिना सम्म निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा सेनानीद्धय बिक्रम बस्नेत, सुदिप बस्नेत, मंगलटार प्रहरी चौकीका सई बाबुराम कार्कि, गाउँ विकास समितिका पुर्वाध्यक्ष अक्कल बहादुर लामा, पुर्व प्रधानपंच केशव तामाङ, खड्केश्वरी आधारभुत विद्यालयका अध्यक्ष पंचमान तामाङ, गाँउका गान्बा ताम्बाहरु, र स्थानीयहरुको उपथिति रहेको थियो भने खड्केश्वरी आधारभुत विद्यालयका प्रधानाध्यापक श्री कृष्ण न्यौपानेले कार्यक्रमको संचालन गरेका थिए ।

Facebook Comments