कालढुंगा, असोज २७
नेपालीहरुको महान चाड वडादशैको अवसरमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा भएको प्रथम रोशी गोल्डकप प्रतियोगीतामा काल्धार युवा क्लब (तेमाल–७) प्रथम भएको छ । आज भएको फाईनल खेलमा काल्धार युवा क्लब ले पिन्थली फुटबल क्लब लाई २–१ गोल अन्तरले पराजीत गर्दै प्रथम हुन सफल भएको हो । ७ औँ मिनेटमा नै काल्धार फुटबल टिमको जर्सी नम्बर ६ ले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा जर्सी नम्बर १० ले गोल गर्दै दोश्रो गोल गर्न सफल भएका थिए ।
त्यस्तै ५८ औ मिनेटमा पिन्थली फुटबल टिमका जर्सी नम्बर ९ ले गोल फर्काउँदै जित दिलाउन प्रयास गरेका थिए तर त्यस्पछि अरु गोल गर्न नसक्दा हार बेहोर्नुपर्यो । सुरुवातमा बलियो मानीएको पिन्थली फुटबल टिमको फितलो प्रदर्शनका कारण दोश्रोमा नै चित्त बुझाउनु पर्यो । प्रथम हुने काल्धार युवा क्लबले रु एक लाख पचास हजार सहित मेडल र प्रमाण पत्र हात पारेको छ भने दोश्रो भएको पिन्थली फुटबल क्लवले रु पचास हजार सहित मेडल र प्रमाण पत्र हात पारेको छ ।

पुरस्कार वितरण गर्दै प्रमुख अतिथि रोशी गाउँपालिकाका अध्यक्ष डि. बी लामाले २००७ सालमा शुरुवात भएको फुटबल खेलको स्मारण गर्दै धेरै राष्ट्रहरु खेलकुदका कारणले नै विश्वसामु चिनाउन सफल भएको बताए । “खेलमा कस्ले जित्यो कसले हार्यो भन्दा पनि सबैले जितेको हो, खेल अनुशासित भएर खेलेकोमा सबैलाई धन्यवाद छ ।” सौहार्दपुर्ण खेल रोशीमा भइरहने उनले बताए । त्यस्तै बिशेष अतिथि जिल्ला प्रहरी कार्यलय प्रमुख एस्पी जयराज सापकोटाले खेलाडीहरु सबैमा शुभकामना दिदैँ शान्ति सुरक्षामा खलल पुर्याउने काम कसैले नगर्न अनुरोध गरे ।

नेपालीहरुको महान चाड वडा दशैको अवसरमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ मा खुल्ला बृहत रोशी फूटबल कप आयोजना भएको थियो । रोशी गाउापालिका वडा नं ११ कालढुंगामा रहेको पञ्चबुद्ध युवा क्लबको आयोजना र पंचकन्य युवा क्लबको समन्वयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ गत २२ गतेदेखि शुरु भएको खेलमा २० वटा फुटबल टिमको सहभागीता रहेको थियो ।
कार्यक्रममा रोशी गाउँपालिकका प्रवक्ता पदम बहादुर लामा, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दहाल, शिक्षा युवा खेलकुद शाखा प्रमुख राम लामा, प्रेस काउनसील नेपाल काभ्रेका केन्द्रिय सदस्य इश्वरी ओझा, रोशी ७ का वडा अध्यक्ष पोष्टराज गौतम, रोशी १० का वडा अध्यक्ष दुधराज लामा, रोशी ११ का वडा अध्यक्ष मिलन लामा, सामाजसेवी शंख बुद्ध लामा, पंचकन्या युवा क्लबका अध्यक्ष खड्का बहादुर लामा, लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box