रोशी सहकर्मी–फागुन १९,
२०७६,काभ्रे/

धुलिखेल नगरपालिकाले हरेक वर्ष मनाईने नवदुर्गा जात्राको अवसरमा भोली (मंगलबार) सार्वजनिक विदा दिएको छ । आजबाट धुलिखेलमा सुरु भएको नेवार समुदायको ऐतिहासिक नवदुर्गा जात्रा भोलीसम्म चल्नेछ । नवदुर्गा जात्राको सुरुवात नेपाल सम्बत् ६३३ मा भक्तपुरका राजा भुवन मल्लले सन्चालनमा ल्याएको र राजा आनन्द देव मल्लले नवदुर्गाको देवस्थल निर्माण गरेको इतिहास छ ।
नगरपालिकाले एक सुचना मार्फत भोली नगरपालिका र सबै वडा कार्यालयहरु बन्द रहने जनाएको छ । साथै जात्रा अवधिभर बेलुन, लोला, प्लास्टिक जन्य चिजले नहान्न पनि आग्रह गरेको छ । यस्तो कार्य गर्दा जात्रा भर्न आउने पाहुनालाई दुख हुने र शान्ति सुरक्षाको अवस्थामा समस्या उत्पन्न हुने नगरपालिकाले बताएको छ । नगरपालिकाले मादक पदार्थ सेवन गरेर जात्रामा नआइदिन समेत अनुरोध गरेको छ ।
जात्रा सम्पन्न नभएसम्म नगरभित्रका सबै पसललाई बेलुन बिक्रि वितरण बन्द गर्न पनि नगरपालिकाले अनुरोध गरेको प्रवक्ता पुस्पराज राउतले जानकारी दिए ।

Facebook Comments Box