रोशी सहकर्मी–फागुन २१,
२०७६,काभ्रे/

रोशी गाउँपालिकाले यहि फागुन २६ गते देखि ३० गते सम्म हुन लागेको दोश्रो अध्यक्षकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बढाएको छ । पालिकाले आज एक सुचना जारी गर्दै विजेतालाई नगद रु ६० हजार र उपविजेतालाई ३० हजार दिने बताएको छ ।
यस अघि पलिकाले विजेता टिमलाई २० हजार र उपविजेतालाई १० हजार दिने भनेको थियो । जसको सामाजिक संजालमा विभिन्न आलोचना भएका थिए । शिक्षा युवा तथा खेलकुद शाखाले संचालन गर्ने यस खेलको लागी पलिकाले ५ लाख बजेट छुट्याएको विषेश श्रोतले जानकारी दिएको छ ।
रोशी गाउँपालिकाको आयोजनामा अध्यक्षकप फुटबल आयोजक समिति मार्फत संचालन हुने प्रतियोगितामा वर पिपल युवा क्लबको संयोजकत्व रहने छ । नकआउट चरणमा खेलाईने प्रतियोगितामा गाउँपालिका भरिका १२ वडाले सहभागिता जनाउने छन् । यस अघि खेलको तयारीका लागि भन्दै पालिकाले १२ वटा वडालाई नगद २० हजार प्रदान गरेको थियो ।

Facebook Comments