रोशी सहकर्मी–फागुन २२,
२०७६,काभ्रे/

नमोबुद्ध नगरपालिकाले नगरभित्रका संध संस्थालाई ठुला सभा सम्मेलन, मेला महोत्सव, भत्तेर, संस्कृतिक एवं धार्मिक कार्यक्रमहरु नगर्न अनुरोध गरेको छ । नगरपालिकाले आज नगर प्रमुख टंक प्रसाद (टि.पि.) शर्मा तिमल्सिनाद्धारा हस्ताक्षरीत सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
छिमेकी राष्ट्र चिनबाट फैलीरहेको कोरोना (कोभिड–१९) भाईरसको संक्रमण नेपालमा पनि फैलन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमुक्त देशको सुचिमा राखे सँगै उच्च सतर्कता अपनाउन नगरले यस्ता खालका कार्यक्रमहरु नगर्न अनुरोध गरेको हो । साथै सरसफाई खानपानमा विशेष ध्यान दिन पनि सुचनामा उल्ल्ेख गरीएको छ ।
यस अघि जिल्ला विपद व्यवस्थापन समितिको बैठकले पनि अत्याधिक भिडभाड जमघट हुने स्थानमा नजान र मेला महोत्सव आदि नगर्न आग्रह गरेको थियो ।

Facebook Comments Box