रोशी सहकर्मी–साउन ४,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं. १ मा रहेको सर्व श्री कृषि सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कारद्धारा सम्मान गरिएको छ । आज एक समारोहका बिच सहकारीका अध्यक्ष भिमसेन बोहोरालाई पालिका अध्यक्ष डि.बि. लामाले सम्मान पत्र प्रदान गरेका थिए ।

उक्त सहकारीले रोशी गाउँपालिका वडा नं १ को सहकार्यमा अपांगता भएका व्यक्तिलाई व्हील चियर वितरण गरिएको, वडा नं १ र २ का अगुवा कृषकहरुलाई च्याउ खेती सम्बन्धि ३ दिने तालिम प्रदान गरिएको, बाख्रा पालन सम्बन्धि ३ दिने तालिम प्रदान गरिएको कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर, स्प्रे पम्प, टनेल प्लाष्टिक वितरण गरिएको र रोशी १ को नारायणटारमा साना सिँचाई मर्मत जस्ता कार्य गरेकाले पालिकाले सम्मान गरेको हो ।

यसरी रोशी १ र २ का अगुवा कृषकहरुको माग र आवश्यकताका आधारमा कार्यक्रमहरु सम्पन्न गरिकोले उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले बताए । उनले रोशीको दृष्टि पर्यटन र कृषि भन्ने मूल नारालाई सार्थक बनाउन उक्त सहरकारीले कृषकहरुको माग र आवश्यकतालाई पहिचान गरी उपब्धिमूलक ढंगले कार्य गरेको मा सहकारीप्रति आभार व्यक्त गर्दै अन्य सहकारीहरुले पनि यस्तै कार्यक्रमहरु गर्दे अगाडि बढ्नको निम्ति पनि आग्रह गरेका छन् । उनले उत्कृष्ट कार्य गर्नलाई सम्मान र गलत गर्नेलाई नियमन गर्ने बताए ।

Facebook Comments Box