सांकेतिक फोटो

यश कुमार परियार–साउन ४,
२०७७,काभ्रे/

जिल्लामा आज सम्म कोरोनाबाट संक्रमित भएका २६ मध्ये २० जना निको भई घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार विभिन्न अस्पतालको आईसोलेसनमा राखी उपचार गराईएका काभ्रेका २६ मध्ये २० जना निको भएका हुन् । ४ पुरुष र २ महिला गरी ६ जना कोरोना संक्रमित भने अझै आईसोलेसनमा रहेको डा. झाले जानकारी दिए ।

यसैबिच आज जिल्ला भरीका विभिन्न स्थानमा मास्क नलगाई हिड्ने ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई छाडेको छ । जस मध्ये ५० पुरुष र २५ महिला छन् ।

यसैगरी आज जिल्लाको क्वारेन्टाईनमा बस्नेको संख्या १ सय ३९ जना छन् । जसमा १ सय १४ जना पुरुष र २५ जना महिला क्वारेन्टाइनमा बसेको जिल्ला कमाण्ड पोष्ले जनाएको छ । जिल्लामा तेश्रो मुलुकबाट फर्कनेको संख्या २ सय ६९ पुगेको छ । जिल्लामा ८ सय ५१ वेड संख्याको क्वारेन्टाईन रहेको छ भने २५ वेडको आईसोलेसन रहेको छ ।

Facebook Comments Box