रोशी सहकर्मी-फागुन २४,
२०७६,काभ्रे/

रोशी गाउँपालिकाका नौ महिना देखी पाँच बर्ष मुनीका बालबालिकालाई चैत २ देखी १० गतेसम्म दादुरा रुवेला खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालयले चैत २ देखी १० गते सम्म धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकामा खोप सञ्चालन गर्ने जनाएको छ । त्यस्तै रोशी, भुम्लु, चौँरीदेउराली र तेमाल गाउँपालिकामा पनि पहिलो चरणमा खोप सञ्चालन हुने छ । त्यस्तै कार्यालय चैत १४ देखी २२ गते सम्म बनेपा, पनौती नगरपालिका, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको जनाएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले ३१ हजार सात सय ९२ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ९६२ खोप केन्द्रमा एक हजार ९२४ स्वयंम सेवक र एक हजार ८७ खोप कार्यकर्ता मार्फत दादुरा–रुबेला खोप लगाइने छ ।

Facebook Comments Box