रोशी सहकर्मी–फागुन २४,
२०७६,काभ्रे/

पाँचखाल नगरपालिकाले सूर्तिजन्य पदार्थको प्रयोग तथा विक्री वितरणमा निषेध लगाएको छ । नगरपालिकाले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनको दफा ४ अनुसार सुर्तिजन्य पदार्थको प्रयोग र बिक्रीमा निषेध गरेको हो ।
नगरपालिकाका अनुसार सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, बालगृह, सार्वजनिक शैचालय, उद्योग–कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकुद स्थल, व्यवसाय स्थल, धार्मिक स्थल, सार्वजनिक सवारी, प्रतिक्षालय लगायतमा धुम्रपान र सूर्तिजन्य पदार्थ सेवन गर्न निषेध लगाएको छ ।
नगरले उक्त ऐनको ११ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्यण गृह, शिशु–स्याहार केन्द्र, अनाथालय, बृद्धाश्रम र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सार्वजनिक स्थलबाट कम्तीमा पनि एक सय मिटर परिधिभित्रको घर, पसल, आदीबाट सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न पाइने छैनन ।
नगरले १८ बर्ष नपुगेका व्यक्ती र गर्भवती महिलालाई बिक्री वितरण गर्न नपाइने जनाएको छ । नगरले कानून विपरित यस्ता घट्ना भएमा तत्काल कारवाही गर्ने जनाएको छ ।

Facebook Comments