मंगलटार, असोज २८
जिल्लाको मंगलटारमा हाल संचालन भईरहेको निःशुल्क आँखा शिविरमा १३० जनाले उपचार गराएका छन् । रोशी गाँउपालीका, सगुन नेपाल, मंगलटार स्वास्थ्य चौकीको आयोजना र नेत्र ज्योती संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्यय केन्द्र काठमाण्डौको प्राबिधिक सहयोगमा ४ दिने शिविर संचालन भईरहेको छ । उक्त शिबिरमा १७ जना मोतीया विन्दुको बिरामी भेटिएको र उनिहरुको अपरेसन भईसकेको रोशी गाँउपालीकाका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिएका छन् । यस शिविरमा मोतीया विन्दुको मात्र अपरेशन हुने र अहिले आँखाका बिरामीहरुको उपचार जारी रहेको उनले बताए । असोज २७ गते देखि संचालनमा रहेको उक्त शिविर असोज ३० गते सम्म चल्नेछ ।

Facebook Comments