रोशी सहकर्मी–चैत्र ३,
२०७६,काभ्रे/

काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की ३३ वर्षीय जुनी मायाँ गोले र उनकी छोरी ३ वर्षीय स्मारीका गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागी शीर मेमोरियल बनेपामा लगीएको भए पनि उपचारको क्रममा उनिहरुको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए ।
टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box