काभ्रे,
जेठ ११ गते २०७८

काभ्रेमा आज ३३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन भने पाँच जनाको मृत्यु भएको छ । आजै ४९९ जना निको भएर डिर्चाज भएका छन । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढी पाँचखाल नगरपालिकामा १७१ जना रहेका छन । त्यस्तै बनेपामा ६०, बेथानचोक गाउँपालिकामा ३५, पनौतीमा २४, धुलिखेलमा १७, मण्डनदेउपुरमा १२, भुम्लु गाउँपालिकामा सात, नमोबुद्ध नगरपालिमामा तीन र तेमाल गाउँपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ७८ सय ७६ पुगेको छ । जसमा २६ सय ६० सक्रिय संक्रमित रहेका छन भने ५१ सय २२ जना निको भएका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोनाका कारण मृत्यु भएको छ । जेठ १० गते भक्तपुरका ८१ बर्षीय महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो भने आज नमोबुद्ध नगरपालिकाका ७० बर्षीय महिला, धुलिखेल नगरपालिकाका ४७ बर्षीय पुरुष, पनौती नगरपालिकाका ६४ बर्षीय पुरुष र भक्तपुर जिल्लाका ७२ बर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो सँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५९ पुगेको छ । जसमा ११४ काभ्रेका हुन भने बाँकी ४५ अन्य जिल्लाका हुन ।

Facebook Comments Box