असोज २८,
चिनियाँ राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेर गएका छन् । उनको स्वागतका लागी, सडकका दायाँबायाँ फूलका गमला राख्नका लागी, भेटवार्ताका क्रममा राखिएको फूलहरु, सम्झौता तथा हस्ताक्षर र सम्मेलनमा प्रयोग भएका फूल गरी १ करोड रुपैयाँ फूलमा खर्च भएको पाइएको छ ।
चिनियाँ राष्ट्रपति सी नेपाल आउने भनिए सँगै एयरपोर्ट देखि होटल सोल्टी सम्मका सडक सिंगारिएको थियो । त्यसक्रममा सडकका दायाँबायाँ फूलका गमला राखिएको थियो भने फूलहरुसमेत रोपिएको थियो । काठमाडौं महानगरपालिकाले सीको स्वागतका लागि तीनकुनेमा बगैँचा बनाएको थियो तर अहिले त्याँहा रोपिएका फुलहरु सुक्न थालेका छन् । सो बगैँचा सजाउनका लागि २६ लाख र एयरपोर्टदेखि सोल्टी होटलसम्मको सडकलाई फूलले सजाउन ५० लाख रुपैयाँ खर्च भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

सी प्रस्थान गरेसँगै सडकमा राखिएको फूल, गमला सडकबाट हटाउन सुरु गरीएको छ भने अलपत्र अवस्थामा रहेका निमाण कार्य ढाकछोप गर्न बनाइएको ब्यानर बार पनि निकाल्न सुरु गरिएको छ । विदेशी पाहुना आएको बेलामा रातारात काम गर्न सक्ने सामर्थ भएको सरकारले दिगो विकाशमा किन ध्यान नपुर्याएको भन्ने जनचासोको विषय बनेको छ ।

Facebook Comments