काभ्रे,
काभ्रे जिल्लाको बनेपा नगरपालिका स्थित विद्यूत प्राविधिक चोक अगाडी रहेको पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आज विहान प्राविधिक चोक अगाडी रहेको पोखरीमा डुबेको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय बनेपा डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
मृतकको साथबाट रोशी गाउँपालिका वडा नम्बर ५ सिसाखानी साविकको वडा नम्बर ३ को धर्मसिङ तामाङ नाम रहेको नागरिकता भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि बनेपा स्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । थप अनुसन्धान भैरहेको डिएसपी बोहराले जाककारी दिनुभयो ।