यश कुमार परियार–चैत्र ८,
२०७६,भकुण्डे/

विश्वभर फैलीरहेको कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरणमा सहयोग पुर्याउनको निमित्त नमोबुद्ध उद्योग वाणिज्य संघले आज भकुण्डे बजार क्षेत्रमा सचेतना कार्यक्रम गर्यो । आज संघका अध्यक्ष बसु नारायण श्रेष्ठको संयोजकत्वमा सचिव स्याम श्रेष्ठ, भकुण्डेबेशी जेसीज २०१९ का अध्यक्ष कृष्ण प्रसाद तिमल्सिना, भकुण्डे प्रहरी चौकीका प्रहरी, ट्राफिकका साथै नगरवासीहरुको उपस्थितीमा कोरोनाबाट बच्न अपनाईने पर्चा र मास्क वितरण गरिएको थियो ।
मास्कको अभाव भईरहेका बेलामा संघले यसरी मास्क वितरण गरेकोमा सबैले खुसी व्यक्त गरे । तर स्थानीय तहकै एक (नाम उल्लेख नगरीएको) वडा सदस्यले भने संघले बाँडेको मास्कले धमाधम खल्ति भरीरहेका थिए । आफु पनि बचौँ आरुलाई पनि बचाऔँ भन्ने मुल नारा बोकेको सचेतना कार्यक्रममा उनले त्यसरी मास्क खल्तीमा हालेका हुन् ।
नमोबुद्ध उद्योग वाणिज्य संघले १ हजारवटा मास्क खरीद गरेको थियो । जसमध्ये ३ सयको हाराहारीमा आज बाँडेको र बाँकि मास्क नगर भित्र रहेको स्वास्थ्य संस्थाहरुलाई जिम्मा लगाईने संघका अध्यक्ष बसु नारायण श्रेष्ठले जानकारी दिए । भकुण्डे बजारबाट आज बिहान ८ः३० मा सुरु भएको र्याली नौबीसे पुगेर पुनः भकुण्डेमा आएर हात धुने कार्यक्रम सँगै समापन भएको थियो ।

Facebook Comments