काभ्रे,
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगले आग्रह गरेको छ । नेपालको संविधानको धारा ७ को उपधारा १ ले सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था गरेको कुरालाई जोड दिँदै आयोगले इम्बोस्ड नम्बर प्लेटमा हाल प्रयोग गर्न भनिएको अंग्रेजी भाषाप्रति आपत्ति जनाएको हो। आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा आयोगले आफ्नो संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपीमा विद्युतीय सङ्केत सङ्ख्या राख्न आयोगको पछिल्लो निर्णयानुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराएको बताउनुभयो ।
सर्वोच्च अदालतले २०८१ साल असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी उल्लेख गरेको आयोगले जनाएको छ ।