Wednesday, January 7, 2026
Date
बिहि, पुस २४, २०८२
Thu, January 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग तीब्र रुपमा फैलिदै, कसरी बच्ने ?

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन १९, २०८०
in रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग तीब्र रुपमा फैलिदै, कसरी बच्ने ?
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । सुर्खेत आँखा अस्पतालको बहिंरग सेवामा ६ सयभन्दा बढी बिरामी आँखा जचाउन आउने गरेका छन् । अस्पतालका प्रमुख तथा नेत्ररोग विशेषज्ञ डा. मनिष खतिवडाका अनुसार यसभन्दा अगाडि दैनिक २ सय बिरामी आउने गरेकामा पछिल्ला दिनमा बिरामी तीन गुणासम्मले बढेका हुन् । ‘आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका छन् । समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको छ’, डा. खतिवडाले भने, ‘बढीजसो बालबालिका र युवामा समस्या देखिएको छ ।’
हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगाले जानकारी दिए । उनका अनुसार आँखा पाक्ने समस्या लिएर तिलगंगामा दैनिक ७०–८० जना आइरहेका छन् । प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेलका अनुसार कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन । ‘इन्फेक्सनले आँखामा सूक्ष्म जीवाणुलाई असर गर्ने गर्छ’, डा. पोखरेल भन्छन्, ‘त्यसबाहेक पनि आँखामा एलर्जी, धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा प¥यो भने पनि आँखा पाक्ने समस्या हुन्छ ।’

You might also like

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

कसरी बच्ने ?
चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । ‘आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ’, पोखरेलले भन्नुभयो । डा. अडिगा भने आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिन्छन् । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनी बताउँछन् । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।
घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन । आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ ।

Previous Post

नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

Next Post

नमोबुद्ध नगरपालिकामा डेगीं विरुद्धको अभियान तिव्र

RadioRoshi

RadioRoshi

Related Posts

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

by RadioRoshi
बिहिबार, पुस १७, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

by RadioRoshi
आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
Next Post
नमोबुद्ध नगरपालिकामा डेगीं विरुद्धको अभियान तिव्र

नमोबुद्ध नगरपालिकामा डेगीं विरुद्धको अभियान तिव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

सोमवार, मंसिर ३, २०८१
पत्रकार नवराज बजगाईको जन्मदिन ‘सेवा घर’ मा

पत्रकार नवराज बजगाईको जन्मदिन ‘सेवा घर’ मा

मङ्लबार, असार १८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान
विश्व

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

बिहिबार, पुस १७, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

आइतवार, पुस १३, २०८२
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

आइतवार, पुस १३, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

आइतवार, पुस १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.