Tuesday, May 26, 2026
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग तीब्र रुपमा फैलिदै, कसरी बच्ने ?

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन १९, २०८०
in रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग तीब्र रुपमा फैलिदै, कसरी बच्ने ?
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । सुर्खेत आँखा अस्पतालको बहिंरग सेवामा ६ सयभन्दा बढी बिरामी आँखा जचाउन आउने गरेका छन् । अस्पतालका प्रमुख तथा नेत्ररोग विशेषज्ञ डा. मनिष खतिवडाका अनुसार यसभन्दा अगाडि दैनिक २ सय बिरामी आउने गरेकामा पछिल्ला दिनमा बिरामी तीन गुणासम्मले बढेका हुन् । ‘आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका छन् । समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको छ’, डा. खतिवडाले भने, ‘बढीजसो बालबालिका र युवामा समस्या देखिएको छ ।’
हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगाले जानकारी दिए । उनका अनुसार आँखा पाक्ने समस्या लिएर तिलगंगामा दैनिक ७०–८० जना आइरहेका छन् । प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेलका अनुसार कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन । ‘इन्फेक्सनले आँखामा सूक्ष्म जीवाणुलाई असर गर्ने गर्छ’, डा. पोखरेल भन्छन्, ‘त्यसबाहेक पनि आँखामा एलर्जी, धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा प¥यो भने पनि आँखा पाक्ने समस्या हुन्छ ।’

You might also like

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

कसरी बच्ने ?
चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । ‘आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ’, पोखरेलले भन्नुभयो । डा. अडिगा भने आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिन्छन् । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनी बताउँछन् । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।
घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन । आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ ।

Previous Post

नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

Next Post

नमोबुद्ध नगरपालिकामा डेगीं विरुद्धको अभियान तिव्र

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
नमोबुद्ध नगरपालिकामा डेगीं विरुद्धको अभियान तिव्र

नमोबुद्ध नगरपालिकामा डेगीं विरुद्धको अभियान तिव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

यति एयरलाइन्सको जहाज आज पोखरामा दुर्घटना

यति एयरलाइन्सको जहाज आज पोखरामा दुर्घटना

आइतवार, माघ १, २०७९
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

मङ्लबार, पुस १०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.