रोशी सहकर्मी–चैत्र ९,
२०७६,काभ्रे/

जिल्लाको विकट डाँडापारी क्षेत्रमा रहेको महाभारत गाउँपालिकाले कोरोना भाइरसको रोकथामका लागि पालिकाभित्र प्रवेश गर्ने ४ वटा स्थानमा स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
आइतबार पालिकामा बसेको कार्यपालिका बैठकले बुढाखानी डाँडा, बुढाखानीकै कलवन, बनखुका राङचा र गोकुलेको रञ्जेडाँडामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परिक्षण सुरु गर्ने निर्णय गरिएको गाउपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
वडा नम्बर ४ मा रहेको महासिद्धी प्राथमिक विद्यालयको भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने पनि निर्माण गरेको अध्यक्ष जिम्बाले बताए । त्यसैगरी अत्यावश्क बाहेक राती ६ बजेपछि पालिकाभित्र सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको छ ।

Facebook Comments