रोशी सहकर्मी–भदौ ५,
२०७७,सिन्धुली/

सिन्धुली जिल्लामा आज एकै दिन शुक्रबार नौ जना कोरोना सं क्रमित थपिएका छन् । पिसिआर परिक्षण गर्न जिल्ला स्वास्थ्य कार्यालयले २४५ जनाको स्वाब हेटौडा पठाएको मध्ये आठ जना र सुनकोसी गाँउपालिकाले ४७ जनाको स्वाब धुलिखेल पठाएका मध्ये एक जना गरी नौ जनाको रिपोर्ट कोरोना सं क्रमण पुष्टि भएको छ । बाँकीको पिसिआर परिक्षण रिपोर्ट निगेटिभ आएको पनि सिन्धुली अस्पतालले जनाएको छ ।

यो सहित सिन्धुली जिल्लामा कोरोना संक्रमित बिरामीको संख्या ४३ पुगेको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हेटौडाबाट कोरोना सं क्रमण पुष्टि भएका आठ जना मध्ये पाँच जना जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा कार्यरत, भू–संरक्षण कार्यालयको क्वारेन्टिनमा बसेका दुई जना र बद्र्धबहादुर गणमा कार्यरत एक जना नेपाली सेना रहेका छन् ।

संक्रक्रमित नौ नयाँ बिरामी मध्ये पाँच जनाले जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा नै र अर्का एक जनाले होमक्वारेन्टाईनमा नै बसेर उ पचार गर्ने बताएका छन् । बाँकी तीन जनालाई भने एपोलो अस्पतालको आईसोलेसनमा भर्ना गरी उपचार गरिने उहाँको भनाई छ । सिन्धुली जिल्लामा अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

Facebook Comments