रोशी सहकर्मी–भदौ ५,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा सार्वजनिक यातायात संचालनमा रोक लगाईएको छ । कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेले जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ ।

४ गते बिहीबारबाट लागू हुनेगरी यही भदौ १० गतेसम्म सार्वजनिक यातायातमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बाताए । जिल्लाका पनौती, बनेपा, धुुुलिखेल, नमोेबुद्व, पाँचखाल, मण्डनदेउपुर नगरपालिका लगायत जिल्लाका भिडभाड हुने स्थानका व्यवशाय, पसल बिहान ७ बजेदेखि ९ सम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी र स्वास्थ्य मापदण्ड कायम गरेर मात्र संचालन गर्न दिईने बताईएको छ ।

Facebook Comments