फागुन ११,
२०७७,काभ्रे/

नमोबुद्ध नगरपालिकाको आयोजनामा महिलाका लागि सञ्चालित ६ दिने सीप विकास तालिम मंगलबार सम्पन्न भएको छ । उक्त तालिम फागुन ६ गतेदेखि नमोबुद्ध ११ मा रहेको एकल महिला भवनमा सञ्चालन गरिएको थियो ।

मंगलबार आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । तालिमको समापन कार्यक्रम वडा नं. ११ का वडाअध्यक्ष कृष्णवहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तालिममा नमोबुद्ध नगरपालिकाको विभिन्न वडाका ३० जना सहभागी थिए । कार्यक्रममा लप्सीबाट बनाइने परिकार लगायत ५ थरी परिकारको प्रदर्शनीसमेत गरिएको नमोबुद्ध नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिएकी छन् ।

Facebook Comments