फागुन ११,
२०७७,काभ्रे/

काभ्रेको बेथानचोक गाउँपालिकाले आफ्नो वडाहरुको समग्र बिकासको कामहरूलाई तिब्रताका साथ अगाडि बढाएको छ । साबिकको च्याम्राङबेशी गाबिस अहिले बेथानचोक गाउँपालिकाको १ नम्बर वडा हो । यहि आर्थिक बर्ष भित्रै वडा कार्यालय को भवन निर्माण सम्पन्नको तयारिमा रहेको वडा सचीव पिताम्बर रिजाल बताउछन । धारा, पानी, बत्ती र केही कार्यालय ब्यवस्थापनका कामहरु मात्रै बाकी रहेको र बाकी कामहरु यहि बर्ष भित्रै सम्पन्न गरि कार्यालय लाई ब्यवस्थित रुपमा प्रयोग ल्याउने गरि काम गर्न निर्देशन दिइएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना बताउनुहुन्छ ।
जनअपेक्षा अनुरुप जनतामा सहज र सरल सेवा प्रवाहका लागि जनप्रतिनिधिहरुद्वारा बनाइएको कार्यक्रमलाइ कार्यान्वयन गर्ने अभिभारा पूरा गर्न कुनै कसर बाकी नराख्ने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भन्डारिको भनाइ छ ।

च्याम्राङ्बेशी वडाको समग्र बिकासका कार्यक्रम कार्यान्वयन चरणबद्व रुपमा अगाडि बढाउन लागिएको भन्डारिको भनाइ छ । स्वास्थ कार्यालयको नयाँ भवन पनि निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको छ भने बर्थिङ भवनको मर्मत संभार सकेर प्रयोगमा ल्याइएको र अब नयाँ भवनलाई प्रयोगमा ल्याउन यहि बर्ष भित्र कार्य सम्पन्न गर्ने काममा लागिएको सब इन्जिनियर दिपक कुमार हुमगाइ बताए ।

यसै गरि कृषिमा जनतालाई उत्पादनमा जोड दिन र ब्यवसायिक बनाउन माछापालन गर्ने वडा भरिका कृषकलाइ माछाका भुरा बितरण लागिएको र यसबाट जनताको आयस्रोत बढाउन टेवा पुग्ने अपेक्षा रहेको साथै बाख्रापालन गर्दै आएका ब्यवसायिक फम तथा कृषकहरुलाइ प्याकेजमा कार्यक्रमहरु ल्याइएको र साथै च्याम्राङबेशिको पुर्वाधार बिकास लगाएत समग्रमा पक्षमा तय गरिएको कार्यक्रम कार्यान्वयनमा लैजान गाउँपालिका तत्पर रहेको र लागिरहेको सूचना अधिकारी ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन ।

Facebook Comments Box