नमोबुद्ध नगरपालिकामा ५ दिने पुष्प खेती तथा ब्यवस्थापन तालिन सम्मन्न भएको छ । गत फागुन ८ गतेबाट संचालन भएको तालिमको आज समापन भएको हो । नमोबुद्ध नगरपालिकाको आयोजना ,श्री पन्चमुखी महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा पुष्प बिकास केन्द्र, बाग्मती प्रदेशको सहकार्यमा ५ दिने पुष्प खेती तथा ब्यवस्थापन तालिमको समापन आज भएको हो । नगरपालिकाको वडा नं ९ मा आयोजित तालिममा दाप्चा क्षेत्रको ३० जना सहभागी भएका थिए । तालिम पस्चात संस्थाले वडा नं ९ लाई पुष्प पकेट क्षेत्र बनाउनका लागी सहयायोजक संस्थाले ब्यवसायीक पुष्ण खेतीको लागी कार्य योजनाहरू अघिसारेको र तालिम प्रभावकारी रहनको लागी सबै सहभागीहरुले तदारुकका साथ अगाडि बढेको नमोबुद्ध नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक उप–साखा प्रमुख तारा सुनुवारले जानकारी दिनुभयो ।
सह–आयोजक संल्याका अध्यक्ष अन्जली तामाङको अध्यक्षतामा संचालित समापन समारोहमा प्रमुख अतिथी एवं वडा नं ९ का वडा अध्यक्ष विर ब. लामाले वडा नं ९ लाई पुष्प पकेट क्षेत्र बनाउनका लागी यो तालिम प्रभावकारी रहने र वडाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सह–आयोजक संस्थाका संथापक अध्यक्ष राधिका तिमल्सीनाले पुष्प खेतीलाई ब्यवस्थित गर्न संस्थाले जमिन व्यवस्थापन गरिसकेको र सहभागी मध्यबाट नै फुलको बिउ ,बेर्ना राख्ने काम समेत भएको र महिला दिदीबहिनीहलाई रोजगारको अवसर सृजना गर्ने, वडा नं ९ लाई पुष्प पकेट क्षेत्र बनाउनमा लागी पर्ने बताउनुभयो । ५ दिने तालिम अवधिभर मुख्य प्रशिक्षकको रूपमा रहनुभएका पुष्प विकास केन्द्रका सुमन्त पोख्रेलले व्यवसायीक रूपमा सहभागीहरूले उत्पादन गरेका फूलदलाई बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रममा स्थानिय समाजसेवी, नगर शिक्षा समिती सदस्य मिना लामा, सहआयोजक संस्थाका सचिव अनिता लामा, कोषाध्यक्ष पूर्णिमा श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।