यश कुमार परियार–चैत्र १०,
२०७६,भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले वडा नं २ र ३ मा सञ्चालित ईट्टा उद्योगहरुमा परिचालित कामदारहरुको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै ईट्टा भट्टाका मजदुररहरु बालबालिका सहित अत्याधिक चिडभाडमा काम गरीरहेको हुनाले उनिहरुलाई व्यवस्थीत गर्न उद्योग व्यवसायीलाई निर्देशन दिएको छ ।
त्यस्तै नगरपालिकाले आफ्नो नगर भित्र संचालित होटल, पसलहरुलाई बन्द गर्न अनुरोध गरेको छ । नगरले एक सुचना जारी गर्दै अत्यावश्यक औषधि, खाद्यान्न बाहेक अत्याधिक भिडभाड हुने होटल, रेष्टुरेन्ट, सैलुन, पार्टि प्यालेसहरु लगायत अन्य व्यवसायहरु अर्को सुचना नआएसम्मको लागि पुर्ण रुपमा बन्द गर्न अनुरोध गरेको छ । साथै अत्यावश्यक काम बाहेक आफ्नो घर बाट बाहिर ननिस्कन सबैमा अनुरोध गरेको छ ।
यसैबिच नेपाल सरकार, प्रदेश सरकार र यहि चैत ७ गते बसेको नमोवुद्ध नगरपालिका नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकको निर्णय कार्यान्वयनका लागि नगरपालिकाले नगरबासीहरुमा अनुरोध गरेको छ ।

Facebook Comments Box