यश कुमार परियार–चैत्र १०,
२०७६,भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालिकामा आज (सोमबार) राती १२ बजेबाट पूर्ण रुपमा लक डाउन हुने भएको छ ।
नगरपालिकाबाट प्राप्त जानकारी अनुसार आज राती १२ बजे पस्चात अत्यावश्यक बाहेकका सवारी, उद्योग, पसल लगायतका क्षेत्रहरु बन्द हुने भएको छ ।
यस सँगै काभ्रेमा लकडाउन हुने स्थानीय तहको संख्या ४ पुगेको छ । यस अघि जिल्लाका धुलिखेल, बनेपा नगरपालिका र महाभारत गाउँपालिका पूर्ण रुपमा लक डाउन हुने भनिएको छ ।

Facebook Comments Box