यश कुमार परियार–चैत्र १०,
२०७६,रोशी
/
जिल्लाको रोशी गाउँपालिकामा आज (सोमबार) राती १२ बजेबाट पूर्ण रुपमा लक डाउन हुने भएको छ ।
गाउँपालिका अध्यक्ष डि.बि. लामाले एक विज्ञप्ती निकाल्दै आज राती १२ बजे पस्चात अत्यावश्यक बाहेकका सवारी, उद्योग, पसल लगायतका क्षेत्रहरु बन्द हुने भएको छ ।
त्यस्तै गाउँपालिकाले कोहि कसैमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखा परेमा तुरुन्त तल दिईएको नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । विदेश बाट आएका नागरिक हरुको बारेमा निगरानी राख्ने र वडा तथा गाउपालिका मा जानकारी गराउने साथै क्वारेन्टाइन मा बस्नु बसाउनु पर्ने अवस्था देखिए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।
यस सँगै काभ्रेमा लकडाउन हुने स्थानीय तहको संख्या ९ पुगेको छ । यस अघि काभ्रे जिल्लाका पाँचखाल, बनेपा, धुलिखेल, नमोबुद्ध नगरपालिका तथा महाभारत, खानीखोला, भुम्लु, बेथान्चोक गाउँपालिका लकडाउन गर्ने निर्णय भएको छ ।

Facebook Comments