यश कुमार परियार-चैत्र ११,
२०७६,पोखरी नारायणस्थान/

तेमाल गाउँपालिकाले स्वास्थ्य विपद व्यवस्थापन समिति स्थापना गरी १९ लाख जम्मा गर्ने निर्णय गरेको छ । आज तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तमाङको अध्यक्षतामा (मंगलबार) बसेको आकस्मीक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्ञान बहादुर लामाले जानकारी दिएका छन् । त्यस्तै गाउँपालिका र मातहतका कर्मचारीहरुलाई पनि आवश्यकता अनुसार परिचालन गर्नुपर्ने भएकाले चैत्र १८ गते सम्म अति आवश्यक विदा बाहेक विदा स्वीकृत नहुने र स्वास्थ्य कर्मीको हकमा भने २४ सै घण्टा अलर्ट रहन निर्देशन दिएको छ । साथै विदाको दिनमा पनि स्वास्थ्य संस्थाहरु बन्द नगर्न भनिएको छ ।
त्यस्तै बैठकले तेमाल बासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन निषेध गर्ने गरी लकडाउन गर्ने निर्णय गरेको छ । स्वस्थ्य कर्मी, सुरक्षा कर्मी, एम्बुलेन्स, स्वास्थ्य सामग्री बाहेकको गााडि, अनुमति प्राप्त सवारी साधन बाहेक सवारी आवागमन आवातजावतमा रोक लगाएको प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिए ।
त्यस्तै कोहि कसैलाई कोरोना सँग मिल्दाजुल्दो लक्षण देखिएमा वडा अध्यक्ष, स्वास्थ्य संस्था, गाउँपालिकामा वा तल दिईएको नम्बरमा सम्पर्क गर्न अनुरोध बैठकले अनुरोध गरेको छ ।
बैठकमा गाउँपालिका उपाध्यक्ष दुर्गा माया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, प्रवक्ता ज्ञान बहादुर तामाङ, स्वास्थ्य संयोजक शिवहरी पाठक, सम्पुर्ण वडाका वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments