रोशी सहकर्मी–चैत्र ११,
२०७६,सिन्धुली/

सिन्धुली जिल्लामा लकडाउन उल्लङ्घन गर्ने झण्डै दुई दर्जन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको बेवास्ता गर्दै उल्लङ्घन गर्न निस्किएका स्थानीय सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका सवारीसाधन अब लकडाउन सकिएपछि मात्रै छाडिने उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिएका सवारीसाधनहरुमा मोटरसाइकल, अटो टेम्पो, ट्याक्टर सहित २१ वटा रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक सिग्देलले भन्नुभयो, ‘मान्छे समाएको छैन, सवारीसाधन मात्रै समाएका छौँ । बुझ्न भनेर हेपेर निस्किएका लोकल सवारीसाधनलाई नियन्त्रणमा लिएका हौँ ।’

Facebook Comments