रोशी सहकर्मी–चैत्र १२,
२०७६,काभ्रे/

चैत ४ गते कतार एयरवेजको ६५० उडान नम्बर भएको बिमानबाट नेपाल फर्किएकी नेपाली युवतीमा नोबेल कोराना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएकी युवतीसँगै आएका काभ्रेका थप ५ जना सम्पर्कमा आएका छन् । यस अघि बनेपा नाला र धुलिखेल काभ्रे भञ्जाङका २ जना मंगलबार नै सम्पर्कमा आएका थिए । बुधवार सम्पर्कमा आएका ४ जना धुलिखेलका रहेका र एक जनाको ठेगना पुष्टि हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए । हिजो (बुधबार) सम्पर्कमा आएका ३ महिला र २ पुरुष रहेको प्रजिअ तिमिल्सिनाले बताए ।
सम्पर्कमा आएका व्यक्तिले बताए अनुसार सबै अमेरिकाबाट कतार हुदै नेपाल आएका हुन् । अहिले उनीहरु घरमै सेल्फ क्वरेन्टाइन बसिरहेको र उनीहरुलाई टेकु अस्पताल लैजाने बिषयमा छलफल भइरहेको तिमिल्सिनाले जानकारी दिए । यससँगै कतार एयरवेजमा नेपाल फर्केका काभ्रेमा ७ जना सम्पर्कमा आएका छन् ।

Facebook Comments