रोशी सहकर्मी–भदौ ६,
२०७७,सिन्धुपाल्चोक/

लिदी पहिरोका विस्थापितहरुलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी भएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरि तयारी भइरहेको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताउनु भयो । सबै परिवारलाई टेन्टमा राख्ने गरि आवश्यक सामाग्री आज ढुवानी गरिएको छ । वस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ ।

जसअनुसार जिल्ला विपल व्यवस्थापन समितिले आवस्यक टेन्ट उपलब्ध गराउने निर्णय बमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ । जिल्ला आयोजना कार्यान्वयन इकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।

Facebook Comments Box