रोशी सहकर्मी–चैत्र १३,
२०७६,सिन्धुली/

सिन्धुलीको दुधौली नगरपालिका–२ गिचिहानीमा जंगली हात्तिको आक्रमणबाट दुई जना गम्भीर घाइते बनेका छन् । गिचिहानीका ४५ वर्षका देबु धामी र उहाँको ४८ वर्षका श्रीमती फुलवती धामी घाईते हुनुभएको हो । आज बिहान तीन बजे घरमा आएका दुई वटा जङगली हात्तिले सुडले बेरेर फाल्दा उनीहरु घाईते भएका वडा सचिब हेरम्बराज अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार घरमा आएको हात्तिलाई धपाउन घरबाहिर निस्कदा सुडले बेरेर फालेको हो ।

Facebook Comments