यश कुमार परियार–चैत्र १४,
२०७६,काभ्रे/

जिल्लाको बनेपामा रहेको काभ्रे रियलस्टेटले कोरोना प्रभावितको लागि जिल्ला विपद् ब्यवस्थान समितिलाई खाद्यान्न सहयोग गरेको छ । आज काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई १७ बोरा चामल, १ बोरा नुन, २ बाक्सा तेल, १ बोरा आलु र २ बोरा मस्यौरा सहयोग गरीएको रियलस्टेटका अध्यक्ष सन्देश लामाले जानकारी दिए ।
नेपालमा कोरोना फैलन सक्ने भन्दै सरकारले लकडाउन गरेको अवस्थामा धेरै मानीस यसबाट प्रभावित भएका छन् । खास गरी काम गरी खाने र सुकुम्बासीहररु बढि प्रभावित भएका छन् ।
घर जग्गा कारोबार गर्ने रियलस्टेटले आजै बनेपाको सिनागालमा बसेका सुकुम्बासीहरलाई ९१३ बोरा चामल लगायत खाद्य सामग्री वितरण गरेको अध्यक्ष सन्देश लामाले बताए । साथै दूई जना सुत्केरीलाई क्रमशः नगद पाँच हजार रुपैया र एक हजार पाँच सय रुपैया सहयोग गरेको छ ।
काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामाले देश नै संकटमा परेको वेला रियलस्टेटको तर्फबाट सहयोग गर्न पाउदा खुशी भएको बताए । आगामी दिनमा थप समस्या देखा परेमा रियलस्टेटले सहयोग गर्ने उनले बताए ।

Facebook Comments