मंगलटार असोज ३०,
काभ्रेपलाञ्चोकको मंगलटारमा संचालन भएको ४ दिने निःशुल्क आँखा शिविरबाट २ सय ३४ जना लाभान्वित भएका छन् । रोशी गाँउपालीका, सगुन नेपाल, मंगलटार स्वास्थ्य चौकीको आयोजना र नेत्र ज्योती संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्यय केन्द्र काठमाण्डौको प्राबिधिक सहयोगमा उक्त शिविर संचालन भएको थियो ।
असोज २७ गतेबाट सुरु भएको शिविर आज सम्पन्न भएको हो । उपचार गराउने २ सय ३४ जना मध्ये जसमा ३५ जनामा मोतीया बिन्दु भेटिएको र उनीहरुको शल्यक्रिया गरिएको रोशी गाँउपालीकाका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए ।

Facebook Comments