रोशी सहकर्मी–साउन १५,
२०७७,धुलिखेल/

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यसम्पादनको जानकारी गराएको छ । जिल्लाका सञ्चारकर्मीलाई आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक बर्षमा कार्यालयले गरेका कामको जानकारी गराएका हुन ।

उनले प्रशासन कार्यालयले शान्ती सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजीकरण, सदाचार र आर्थिक अनुशासन, नागरिकता तथा राहदानी सम्बन्धी भएको प्रगतीको बारेमा जानकारी दिएका थिए । त्यस्तै अर्ध न्यायीक निकायको रुपमा न्यायीक निरुपण, विकास निर्माणका कार्यमा समन्वय सहजीकरण, स्थानीय प्रशासन लगायतमा जानकारी गराएका थिए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक कार्य सम्पादनमा उत्कृष्ट भएको थियो । गृह मन्त्रालयका सचिव द्धारा ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग गरिएको कार्या सम्पादन सम्झौतामा उत्कृष्ट भएको हो ।

Facebook Comments