काभ्रे,
बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–४ तुलापुरस्थित एउटा घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । आगलागीबाट एक जना गम्भीर घाइते भएका छन् ।
गयराति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो । आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षका बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षका बालिका मानसी बुढा र ३६ वर्षका राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताउनुभयो ।
गम्भीर घाइते २७ वर्षका करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको छ । स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गोलबाट आगलागी भएको बताईएको छ ।