रोशी सहकर्मी–फागुन १९,
२०७६,बनेपा/

अमेरिकी डलर सटही गर्ने वहानामा ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रविसे ३ घर भएका रामबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । बनेपाकी विमला गुरुङ्गको जाहेरीमा उनलाई बनेपा तीनदोबाटोबाट पक्राउ गरिएको तिकल्सिनाले जानकारी दिए ।
तामाङले गत कात्तिक २७ गते बनेपाकी विमला गुरुङ्गलाई डलर साट्ने बहानामा २ लाख ५० हजार ठगी गरेका थिए । आफूसँग ५ हजार ५ सय डलर छ भन्दै उनले गुरुङ्गसँग ५ लाख मागेका थिए । तर गुरुङ्गले आफूसँग २ लाख ५० हजार छ भनेपछि तामाङ्गले त्यत्ति नै पैसा लगेका थिए । गुरुङ्गले पछि डलर हेर्दा १ र २० को मात्र कही डलर भएको र बिच्चमा डलर साइजको कागज थियो ।
साथै तामाले तिलकबहादुर तामाङ्ग र शर्मिला दमाइको मिलेमतोमा गोदावरीका नवराज नगरकोटीसँग पनि ५ लाख ठगी गरेको खुल्न आएको छ ।पक्राउ परेका तामाङबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments