काभ्रे,
रोशी गाउँपालिकाको वडा नम्बर ९ मा स्वास्थ शाखा र पशु सेवा शाखा मार्फत नागरीक एवं पशुहरुलाइ रेबिज विरुद्धको खोप लगाउने कार्य भएको छ । गाउँपालिका अध्यक्ष दिनेस लामाको संयोजकत्वमा जिल्ला पशु कार्यालय तथा स्वास्थ्य शाखा मार्फत खोप लगाउने सुरु गरिएको पशु सेवा शाखाका प्रमुख रघुनी शाहले जानकारी दिनुभयो ।
केही दिन अघि एउटा कुकुरमा रेबिजको शंका भएको र मृत्यु भएको उक्त कुकुरमा रेबिज पोजिटिभ देखे पछि शंका लागेका अन्य पशु तथा मानिसलाइ रेबिजको खोप लगाइएको हो । आज ३ जना मानिसमा खोप लगाइएको छ भने बाकी शंका लागेका मानिसलाइ र पशुहरुलाइ भोलि रेबिज विरुद्धको खोप लगाईने शाहले जानकारी दिनुभयो ।