रोशी सहकर्मी–चैत्र १५,
२०७६,पाँचखाल/

कोरोना भाईरस अर्थात कोभिड १९ ले यतिबेला देश आतंकित छ । संक्रमण फैलन नदिनका लागि सरकारले लकडाउन गरेको छ । सरकारले आवश्यकता र परिस्थिति हेरेर लकडाउनको अवधि हेरफेर हुने भनिएको छ । लकडाउनका कारण धेरै नागरिक प्रभावित भएका छन् । खास गरी काम गरी खाने मजदुरहरु ।

यसैबिच पाँचखाल नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुन्दर लामाले वडा भित्र मजदुरी गर्ने परिवारलाइ खाद्यान्न साथै तरकारी बितरण गरेका छन् । दैनिक ज्यालादारी गरेर जिबिका चलाउने मजदुरलाइ लकडाउनका काराण काम गर्न नपाएकोले दैनिकि चलाउन समस्या परेको कुरालाई मध्यनजर गर्दै खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो ।

यसरी आफुले चुनेर पठाएको जनप्रतिनिधिले आफ्नो मर्का बुझेर खाद्यान्न सहयोग गरेकोमा मजदुर परिवारले वडा अध्यक्षलाई धन्यवाद दिए ।

Facebook Comments Box