यश कुमार परियार-चैत्र १५,
२०७६,काभ्रे/

काभ्रेको नमोबुद्ध नगरपालिकामा कोरोना विरुद्ध कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छरीएको छ । नगरपालिकाले आज (शनिबार) मुख्य चोक भकुण्डे बजारबाट डिसइन्फेक्सन स्प्रे छर्न सुरु गरेको हो । नगरप्रमुख टि.पि शर्मा तिमल्सिनाका अनुसार भकुण्डे बजार क्षेत्रमा त्यसै गरी नौबिसे बजारमा र भागवते साईडमा स्प्रे छर्ने काम भएको बताए ।
नगर भित्र पर्ने राजमार्गबाट मानिसहरुको आवात जावत नरोकिएपछि छरीएको उनले बताए । त्यस्तै आवश्यकता अनुसार क्रमशः छर्दै जाने उनले बताए । हाल भएको कीटनाशक औषधि प्रयोगमा ल्याईएको र आवश्यकता अनुसार माग गर्ने उनले बताएका छन् ।

Facebook Comments